क्रिकेटमा एकै ओभरको सबै बलमा छक्का प्रहार गरे पनि ३६ रन मात्रै हुन्छ । तर न्युजिल्यान्डमा यस्तो रहस्यमय विश्व रेकर्ड बन्यो, जहाँ एकै ओभर अर्थात ६ बलमा ४३ रन बन्यो ।

न्युजिल्यान्डको घरेलु प्रतियोगिता द फोर्ड ट्रफिमा नर्थन डिस्टि्रक्सका जोइ कार्टर र ब्रेट हृयाप्टनले सेन्ट्रल डिष्ट्रिक्सविरुद्ध एकै ओभरमा ४३ रन बनाउँदै विश्व रेकर्ड राख्न सफल भए । नर्थन डिस्ट्रिक्सका जोइ कार्टर छैटौं र ब्रेट हृयाप्टन सातौं नम्बरमा ब्याटिङ गर्न आए । यी ब्याट्सम्यानले आफ्नो टिमलाई उकास्नुको साथै विश्व रेकर्ड पनि राख्न सफल भए ।

Photo source :- Google

सेन्ट्रल डिष्ट्रिक्सका बलर विलेम लुडिक जब बलिङ गर्न आए उनले सोच्न पनि सकेनन् कि कुनै जादु चल्दैछ । ब्याटिङमा कार्टर र हृयाप्टोन थिए । पहिलो बलमा चौका खाएका लुडिकले त्यसपछि लगातार २ नो बलमा छक्का खान पुगे । त्यसपछिको बलमा पनि छक्का प्रहार गरेपछि लुडिकमाथि निकै दबाब परेको थियो । तर तेस्रो बलमा भने १ रन मात्रै खर्चिए तर अन्तिम ३ बलमा लगातार छक्का खान पुगे । कार्टर र हृयाप्टनले ४३ रन बनाउँदै विश्व रेकर्ड राखेपछि उनीहरुको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

कार्टर १०२ रनमा अविजित रहे भने हृयाप्टनले ९५ रन बनाएर आउट भए । यी दुबै खेलाडीको उत्कृष्ट प्रदर्शनमा नर्थन डिस्टि्रक्सले सेन्ट्रल डिष्ट्रिक्सलाई २५ रनले पराजित गर्न सफल भयो ।