दक्षिण अफ्रिकाले एक दिवसीय श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई 40 रनले हराएर एक दिवसीय शृंखला जित्न सफल भएको छ | अष्ट्रेलियन बलरको शानदार प्रदर्शनपछि, अस्ट्रेलियाले दोश्रो खेलमा 231 रनको लक्ष्य सफलताको साथ जोगाई 7 रनले जित्न सफल भएको थियो र शृंखला लाई 1-1 को बराबरीमा ल्याउन सफल भएको थियो | दुवै टोलीले अन्तिम एक दिवसीयमा कुनै खेलाडी परिबर्तन नगरी दोश्रो खेलकै खेलाडि हरुलाई मैदानमा उतारेका थिए । अष्ट्रेलियाले टस जित्यो र उनको कप्तान आरोन फिंचले पहिले बलिङ्ग गर्ने घोषणा गर्नु भयो ।

गत दुई म्याच जस्तै, क्विण्टन डी कक र रेज हेन्डरिक्सले दक्षिण अफ्रिकीका लागि ब्याटिंग सुरु गरे र मिचेल स्टार्केले अष्ट्रेलियाका लागि बलिङ्ग सुरु गरे। ओपनर डी कक दोस्रो ओभरमा ४ रनमा स्टार्कको बलमा आउट भए । दक्षिण अफ्रिकाले आफ्नो दोस्रो ओपनर हेन्द्रिक्स लाई 26 रनमा गुमाए। दक्षिण अफ्रिकाको ब्याट्स्म्यान हरुले सम्हालिएर ब्याटिंग गर्न नसक्दा तेश्रो विकेट 16 औं विकेट ओवरमा एडन मर्क्रमलाई गुमाए। एडन मर्क्रमले केही राम्रा सटहरु प्रहार गरि एक चौका र 3 छक्का सहित 32 रन बनाए। एक समय दक्षिण अफ्रिका 16 ओभरको अन्त्यमा 55 जम्मा रन बनाई समस्यामा देखिन्थ्यो | त्यसपछि कप्तान फफ डु प्लिसिस र डेविड मिलरले सावधानीपूर्वक खेल्दै र दक्षिण अफ्रिकीको लागि साझेदारी निर्माण गर्न खोजे।

यी दुईले खेललाई बिस्तारै –बिस्तारै आफ्नो पक्ष तिर लान सुरु गरे । दुवै डु प्लिसिस र डेभीड मिलर एक एक पटक भाग्यमानी हुन सफल भएका थिए । कप्तान डु प्लिसिस व्यक्तिगत 29 रनमा खेल्दै गर्दा ग्लेन म्यक्स्वेलको ओभरमा विकेट किपर क्यरे क्याच छुटाएको थियो । 48औ ओभरमा चौथो विकेट गुमाउनु अघि, यी दुईले केवल 199 बलमा 252 रनको साझेदारी गरे जसको मद्दतले दक्षिण अफ्रिकाले अस्ट्रेलिया सामु 321 रनको लक्ष्य पेश गर्यो। यस साझेदारीले अष्ट्रेलियाको स्टीभ वाघ र माइकल बेवनको 222 रनको 18 वर्ष पुरानो यी दुवै टिम बीचको सबैभन्दा ठूलो साझेदारीको रेकर्ड तोड्न सफल भयो । कप्तान डु प्लास्सिसले 114 बलमा (15 चौका र 2 छक्का) को मद्दतमा 125 रनको शानदार पारी खेलेका थिए र स्टोइनिस्को ओभरमा मार्स द्वारा क्याच आउट भएको थियो | डेविड मिलरले पहिलो इनिंग्को अन्तिम ओभरमा विकेट गुमाउन अघि 125 बलमा (13 चौका र 4 छक्का) 139 रन बनाए।

यी दुई बीचको साझेदारी पछि दक्षिण अफ्रिकीको औसत रन प्रति ओभर ३.५ बाट 50 ओभरको अन्त्यमा 6 भन्दा बढी नाघ्न सफल भएको थियो | दक्षिण अफ्रिकाले अन्तिम 10 ओभरमा 130 रन बनाउन सफल भएको थियो ,उनीहरुले अन्तिम 5 ओभरमा 70 रन बनायो। अष्ट्रेलियाले 2001 पछि अन्तिम 15 ओभरमा सबै भन्दा बडी रन खर्चियो, उनीहरूले अन्तिम 15 ओभरमा 174 रन खर्चिए | अष्ट्रेलियाका लागि स्टोइनिसले 7 ओभरमा दुई विकेट लिए र सबैभन्दा बडी 70 रन खर्चिए। मिचेल स्टार्कले पनि 2 विकेट लिएका थिए र हजलेवुडले अन्तिम ओभरमा एक विकेट लिए।

321 रनको ठूलो लक्ष्यको सामना गर्ने क्रममा, अष्ट्रेलियाले ब्याटिङ अर्डरलाई परिवर्तन गर्यो। क्रिस लिन ले ट्रैविस हेड को प्रतिस्थापित गरे र कप्तान आरोन फिंच संग दोश्रो इनिङ्गको सुरुवात गर्यो। अष्ट्रेलियाले दोस्रो इनिङ्गको पहिलो 20 बलमा दुवै ओपनर गुमायो। लिनले दोस्रो इनिङ्गको पहिलो बलमा आफ्नो विकेट गुमायो, लिन डेल स्टेनको बलमा क्याच आउट हुन पुगेका थिए । कप्तान फिंचले तेस्रो ओभरमा आफ्नो विकेट गुमाए, उनले 15 बलमा 11 रन बनाए। पहिलो पावर प्लेपछि, ट्राविस हेडले आफ्नो विकेट गुमाए । हेड रबडाको ओभरमा मर्क्रमद्वारा क्याच आउट भएको थियो। अष्ट्रेलियाले १० औ ओभरमा तेश्रो विकेट गुमौदा जम्मा ३९ रन बनाएर समस्यामा परेको थियो। चौथो विकेटको लागि शॉन मार्श र स्टोइनिसले अष्ट्रेलियाका लागि उत्कृष्ट साझेदारी गरेको थियो । यस जोडीले अष्ट्रेलियाका लागि 119 बलमा 107 रन जोड्यो। दुर्भाग्यवश, स्टोइनिस प्रोटेरस को ओभरमा आउट भए । स्टोइनिसले 76 बलमा (5 चार र 4 छक्का) को मद्दतमा 63 रन बनाए। स्टाइनिसको विकेट पछि अष्ट्रेलियाले 4 विकेट गुमाएर 146 रन बनाएको थियो।

श्रोत

शॉन मार्शले फेरि एलेक्स केरी संग साझेदारी गरे र पाँचौ विकेटका लागि ओस्ट्रेलियन खातामा 80 रन थपे । म्याचको 40 औं ओभरको अन्त पछि खेल सन्तुलनमा आएको जस्तो देखिन्थ्यो । अस्ट्रेलियालाई जित्न 6 विकेटका साथ 10 ओभरमा 106 रनको आवश्यक थियो। अस्ट्रेलियाले आफ्नो सेट भई सकेको ब्याट्समैन शॉन मार्शलाई गुमायो। उनले आफ्नो करिएरको छैठौ शतक बनाए तर दुर्भाग्यवश 41 वें ओभरमा उनले आफ्नो विकेट गुमाए। उनले 102 बलमा 106 रन बनाउने क्रममा 7 चौका र 4 छक्का प्रहार गरेका थिए । अस्ट्रेलियाले 45 औं ओभरमा 256 रन बनाउदा केरीको विकेट गुमायो, उनले 41 बलमा 42 रन बनाए। त्यस पछि ग्लेन मैक्सवेलले दबावमा केही ठूला सटहरू खेल्न खोजे तर उनले पनि 48 ओभरमा आफ्नो विकेट गुमाए। म्याक्सवेलले 27 बलबाट तीन चौकाको मद्दले 35 रन बनाए। रबडाले अन्तिम ओभरमा दुई विकेट लिए र आफ्नो तेस्रो विकेट लिए । 50 ओभरको अन्त पछि, अष्ट्रेलियाले केवल 280 रन बनायो र म्याच 40 रनले हार्न पुग्यो । दक्षिण अफ्रिकीका लागि, स्टेन र रबडाले 3-3 विकेट लिएका थिए । प्रिटोरियसले 2 विकेट लिदा एङ्गिदिले 1 विकेट लिन सफल भए ।

डेविड मिलरलाई आफ्नो पहिलो पारीको शानदार शतकको लागि म्यान अफ द म्याच घोषित गरियो साथै उनको 3 म्याचमा बनाएको 192 रनको लागि उनलाई एक दिवसीय शृंखलाको नै उत्कृष्ट घोषित गरियो ।

Note

This this post is translated in nepali from my previous post here