Cricket / eplt20

beingrahul
एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा विदेशी खेलाडी
नेपालको घरेलु फ्रान्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मिति नजिकिँदै गर्दा विदेशी खेलाडीको अनुबन्धको समाचारले प्रतियोगिता निकै रोमाञ्चक हुने संकेत देखिएको छ । आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा यस पटक भारतदेखि इङ्ल्यान्ड र दक्षिण अफ्रिकासम्मका खेलाडीको उपस्थिति निश्चित भएको छ । एउटा टोलीले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधानअनुसार प्रतियोगितामा सहभागी ६ वटै टोलीले एसोसिएट र टेस्ट राष्ट्रका अनुभवी खेलाडीसँग सम्झौता गरिसकेका छन् । यश सिजन एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा विदेशी खेलाडीहरु १.भैरहवा ग्लाडिएटर्स रायन टेन डोस्चेट (नेदरल्यान्ड्स) मोहम्मद नाभिद (यूएई) रभिइन्दर सिंह (भारत) २.विराटनगर वारियर्स बाबर हायात (हङकङ) पल भान मिकेरेन (नेदरल्यान्ड्स) रोइलोफ भान डर मरर्वी (नेदरल्यान्ड्स) समित पटेल (भारत) ३. चितवन टाइगर्स पल स्टर्लिङ (आयरल्यान्ड) जोन सिम्पसन (इङ्ल्यान्ड) ४. काठमाडौं किङ्स इलाभेन रोहन मुस्तफा (यूएई) केभिन ओब्राइन (आयरल्यान्ड) ५. ललितपुर प्याट्रियट्स जयकिशन कोल्सावाला (भारत) सन्नी पटेल (भारत) गौरभ तोमार (भारत) ६. पोखरा राइनोज शनि भिमसारिया (हङकङ) किल कोइजर (स्कटल्यान्ड) पल कउघलिन (इङ्ल्यान्ड) रिचार्ड लेभी (दक्षिण अफ्रिका)
0.00
7
0

More posts are coming soon. Write your own!