Cricket / everest premier league

beingrahul
एभरेष्ट प्रिमियर लिगको सर्वाधिक रन बनाउने ५ खेलाडी
एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करणको फाइनलमा उपाधिको लागि भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल अघि सबै टोलीको प्रर्दशन हेर्न हो भने ब्याटिङमा विदेशी खेलाडीको वर्चस्व रह्यो । ईपीएलमा २ सय १६ रनको लक्ष्य पुरा हुँदा ८५ रनको लक्ष्य भने पछ्याउन सकेन । अधिकांश टोलीको प्रदर्शन विदेशी खेलाडीमा निर्भर थियो । Image Source नेपाली क्रिकेट टिमको " घरेलु क्रिकेट होस वा राष्ट्रीय खेल नै किन नहोस" मुख्य समस्या ब्याटिङ हो । नेपाली क्रिकेट टोलीले ब्याटिङ कारण थुप्रै महत्वपूर्ण अवसर गुमाएको छ । ब्याटिङ घरेलु, उमेर र राष्ट्रिय टोलीको मुख्य समस्या हो । नेपालको ब्याटिङ कति सम्म कमजोर छ भन्ने ईपीएलको प्रर्दशनबाट छलङ्ग हुन्छ । इपीएलमा सर्वाधिक रन बनाउने शिर्ष ५ ब्याटम्यानमा नेपालमा १ मात्र खेलाडी अटेका छन् । रन बनाउने मात्र होइन सर्वाधिक चौका, छक्का र स्ट्राइक रेट मा पनि विदेशी खेलाडीकै दबदबा छ । यी हुन् ईपीएलमा सर्वाधिक रन बनाउने ५ खेलाडी रवि इन्दर सिंह भारतीय खेलाडी रवि इन्दर सिंह भैरहवा ग्ल्याडीयटर्सका प्रमुख हतियार र जारी ईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । सिंहले ७ खेलमा कुल ३ सय ८ रन बनाएका छन् । १ सय ५० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ चलाउदै समान १ शतक र अर्ध प्रहार गरेका छन् । ६१ को औसतमा रन जोडेका सिंहले १७ छक्का र २५ चौका प्रहार गरेका छन् । दिपेन्द्रसिंह ऐरी इपीएलमा सर्वाधिक रन बनाउने शिर्ष ५ ब्याटम्यानमा नेपालका १ मात्र खेलाडी दिपेन्द्रसिंह ऐरी हुन्। चितवनलाई प्ले अफ सम्म पुर्याउन दिपेन्द्र सिंह ऐरीले सानदार प्रर्दशन गरे । ईपीएलमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहेका ऐरी शीर्ष पाँचमा नेपालका एक्लो ब्याट्सम्यान हुन् । ऐरीले ६ खेलमा २ सय ३१ रन बनाउन सफल भए । दुई अर्ध शतक प्रहार गरेका ऐरीले १ सय १० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै २२ चौका र ४ छक्का प्रहार गर्न सके । भैरहवाविरुद्ध एलिमिनेटरमा ५६ रन प्रहार गरेका ऐरीले समुह चराणको खेलमा ३ रन मा आउट हुन पुगे । काठमाडौसँगको खेलमा ४५, पोखरासँगको खेलमा ५४ र विराटनगरसँगको खेलमा ३२ रन जोडे । ललितपुरसँगको खेलमा ४१ रन बनाउन सफल भए । गौरव तोमर भारतीय मुलका तोमर ईपीएलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । कुल ६ खेलमा तोमरले १ सय ६० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल २ सय ६ रन बटुले । उनले यसक्रममा १७ चौका र १५ छक्का प्रहार गरे । समुह चरणको खेलमा काठमाडौंविरुद्ध ८० रन प्रहार गरेका तोमर क्वालिफायरमा भने १ रनमा आउट भए । पोखराविरुद्ध ८२, चितवनसँगको खेलमा ३०, विराटनगरविरुद्ध ४ र भैरहवासँगको खेलमा ९ रनमा आउट भएका थिए । तोमर ललितपुर प्याट्रीयट्सबाट खेलि रहेका छन् । रिचार्ड लेभी पोखरा राइनोज समुह चरणबाट बाहिरीएपनि दक्षिण अफ्रिकी ओपनर लेभीले ईपीएलमा सानदार ब्याटिङ गरे । मात्र ४ खेल खेल्ने मौका पाएका लेभीले १ सय ९० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ घुमाउदै २ सय ४ रन बनाए । लेभीले कुल १९ छक्का र १४ चौका हिर्काएका छन् । लेभी जारी ईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । भैरहवाविरुद्ध ७९ र काठमाडौंसँगको खेलमा ३८ रन प्रहार गरे । त्यस्तै ललितपुरविरुद्ध ८४ रन बनाएका लेभीले विराटनगरसँगको खेलमा ३ रन बनाए । केभिन ओ ब्राइन सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पाँचौ स्थानमा रहेका केभिनले ७ खेलमा १ सय ८४ रन बनाए । १ सय ३० को स्ट्राइक रेटमा ब्याटिङ गरेका केभिनले ९ छक्का र १५ चौका प्रहार गरेका छन् । भैरहवाविरुद्ध ३३ रन बनाए, पोखरासँगको खेलमा ५४, चितवनविरुद्ध ९, विराटनगरसँगको खेलमा ४५ रन जोडेका केभिनले ललितपुरसँग समुह चरणको खेलमा ४२ र क्वालिफायरमा १ रन जोडे ।
0.00
8
0

More posts are coming soon. Write your own!