Cricket / retirement

beingrahul
भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्यास
भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भीरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए । गम्भीरले सन् २००४ मा अस्ट्रेलियाविरुद्द र २००३ मा बंगलादेशविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए । गम्भीरले ५८ टेस्ट, १ सय ४७ वान डे,३७ टी–२०, १ सय ९७ प्रथम श्रेणी र २ सय ९९ लिष्ट ए खेल खेलेका छन् । टेस्टमा गम्भीरले कुल ४१५४ कुल रन बनाउदा ९ शतक र २२ अर्ध शतक प्रहार गरेका छन् । वेस्ट स्कोर २ सय ६ रहेको छ । गम्भीरले मंगलबार आफ्नो ट्विटर मार्फत अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्यास लिएको बताएका छन् । वान डे मा ११ शतक र ३४ अर्ध शतक प्रहार गर्दै कुल ५२३८ रन बनाएका छन् । त्यस्तै टी–२० क्रिकेटमा कुल ९ सय ३२ रन बनाए । आईपीएलमा सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाउन उत्कृष्ट कप्तानी भूमिका निर्बाह गरेका थिए । पछिल्लो आईपीएल सन् २०१७ मा साविक दिल्ली डेयर डेभिल्सबाट केहि खेलमा कप्तानी गरेका थिए । सन्यास घोषणा गर्दै गम्भीरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’
0.00
2
0