Cricket / sandeep lamichhane

beingrahul
बंगलादेश प्रिमियर लिग (बीपीएल) : सन्दीपको दोस्रो खेल आज
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको दोस्रो खेल चित्तागोंग भाइकिंग्ससँग आज खेल्दै छ । सन्दीप डेब्यू खेलमा पहिलो खेलमा सिलेट सिक्सर्स पराजित भएको थियो । सिक्सर्स कोमिल्ला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको थियो । Original Image पहिलो खेलमा पराजित भए पनि सन्दीपले सानदार पर्दशन गरेका थिए । सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।डेब्यू खेलमा सानदार पर्दशन गरेका सन्दीपले आजको खेलमा पनि त्यस्तै प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । चित्तागोंग लगातार दोस्रो जितको खोजिमा हुँदा सिक्सर्स पहिलो जित निकाल्ने सोचमा मैदान उत्रने छ । चित्तागोंगमा सिक्दर राजा,मोहम्मद शहजाद,ल्यूक रोन्ची जस्ता ठूला नाम गरेका खेलाडी छन् । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले चितागोङ भीकिङससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ ।
0.00
8
0

More posts are coming soon. Write your own!