Cricket / t20

beingrahulupdated
धनगढी प्रिमियर लिग -3 क्रिकेटको खेलाडी अक्सन
धनगढी प्रिमियर लिग क्रिकेटको खेलाडी अक्सन आगामी शनिबार हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै खेलाडी अक्सन शनिबार हुने जानकारी दिएको हो । प्रतियोगिताका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर नाम दर्ता गराएका छन् । आयोजकले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरि १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने जनाएको छ । टी ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको विजेता चौराह धनगढी हो । प्रतियोगिता आगामी माघ २६ गतेबाट आयोजना हुदैछ ।
0.00
8
0