भारतमा जारी १८ वर्षमूनिको विद्यालयस्तरीय च्याम्पियन्सीप फुटबलमा नेपालले अफगानिस्तानमाथि गोलबर्षा गरेको छ। नेपालले अफगानिस्तानविरुद्ध १३ गोल गर्दा कप्तान दिनेश हेन्जमले एक्लैले ४ गोल र बुद्धबल तामाङले ह्याट्रिक पुरा गरेका छन्।

एकपक्षीय खेलमा नेपालले अफगानिस्तानलाई पुरै समय दबाव कायम राख्न सफल नेपाली टोलीका लागि खेलको चौथो मिनेटमा दिनेश हेन्जमले गोल गर्दै खाता खोलेका थिए। त्यसलगत्तै खेलको ९ औं मिनेटमा नितिन थापाले टोलीका लागि दोश्रो गोल गरे। अफगानिस्तानविरुद्ध जय गुरुङले तेश्रो गोल थपे। एकपछि अर्को गोलको वर्षा गर्ने क्रममा खेलको १५ औं मिनेटमा दिनशेले ब्यक्तिगत गोल थपे। त्यसैगरि खेलको २४ औं मिनेटमा बुद्ध बल तामाङले गोल गरेका थिए। मैदानमा लय समातेको नेपाली टोलीका लागि क्याप्टेन दिनेशले लगत्तै व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्री पूरा गरेका थिए । चार शुन्यले पछि परेको अफगानिस्तानका लागि एकमात्र गोल सियावास हुसैनले खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए।

Photo Source:- google

सो सान्त्वना गोलको ७ मिनेट नवित्तै खेलको ३७ औं मिनेटमा नेपालका लागि रितिक खड्काले गोल गरे। ७–१ गोलको अन्तरलाई थप फराकिलो बनाउने क्रममा क्याप्टेन दिनेशले ब्यक्तिगत चौथो गोल गरे। पहिलो हाफमा मैदानमा दबदबा बनाएको नेपालले दोश्रो हाफमा उही लयमा भिडेको थियो ।

त्यस क्रममा बुद्ध बल तामाङले खेलको ५० औं मिनेटमा र ५१ औं मिनेटमा असिम गुरुङले गोल गरे । त्यसैगरि खेलको ७३ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै ह्याट्कि पुरा गरेका थिए । नेपालका लागि १२ औं गोल रितिक खड्काले ७८ औं मिनेटमा गरे थिए भने अन्तिम गोल अनिल महर्जनले गर्दै नेपालको जित सुनिश्चित गरेका थिए ।