इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले हडर्सफिलडमाथि ३–१ को सहज जित निकालेको छ । मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडको यो लगातार दोस्रो हो । युनाइटेडलाई अहिले अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजरले हेरिरहेका छन् ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा पोग्बाले दुई गोल गर्दा निमान्जा माटिचले एक गोल गरे। हडर्सफिलडका लागि माथियस जर्गेन्सनले सान्त्वना गोल फर्काए । २९औं मिनेटमा नेमानजा माटिकको गोलबाट युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।

म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यसपछिको दुवै गोल पोग्वाले खेलको ६८औं र ७८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । खेल सकिन २ मिनेट बाँकी रहँदा हडर्सफिल्डका जोर्गेनसेनले एक गोल फर्काए ।

जितसँगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । हडर्सफिल्ड अंक तालिकाको पुछारमा छ ।