बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले दोस्रो श्रेणीको कल्चरल लियोनेसालाई दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले घरेलु मैदानमा ४-१ को जित निकालेको हो ।

Image :- Google

यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोना समग्रमा ५-१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गरे । उनलाई विङ्गरद्वय माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेर साथ दिए ।

प्रशिक्षक भालभेर्डेले यस खेलका लागि नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र सुरुवाती रोजाइमा राखेका थिए । राकीटिचले सिजनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा तीन असिस्ट दिए । उनले मुनिरले गरेको पहिलो गोलका लागि सुआरेजसँग सुन्दर वन टु पास खेल्दै अन्तिम पास मिलाएका थिए । मुनिरले १८ औं मिनेटमा आकर्षक फिनिस गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

Image:- Google

२६ औं मिनेटमा डेनिस सुआरेजले शक्तिशाली प्रहार गर्दै गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । पहिलो हाफ सकिनुअघि नै बार्सिलोना ३-० ले अगाडी भयो । ४३ औं मिनेटमा राकीटिचको क्रसमा माल्कमले हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए ।

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो । बार्साका गोलरक्षक जास्पर सिलेसनले जोर्गे ओरित्जको लामो प्रहार बचाएपनि रिबाउन्डमा जोसे म्यानुएलले दिएको क्रसमा सेनेले गोल गर्दै अग्रता घटाए । ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले पुन गोल गर्दै खेलमा ३ गोलको अग्रता कायम गरे ।

Image :- Google

यस नतिजासँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले अब लिगमा शनिबार एस्पान्योलसँग खेल्नेछ ।