भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङमा आज भएको साफ यु-१८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन् ।

पहिलो हाफमा १-० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२ औं मिनेटमा भारतकी टुडु जाबामनिले फ्रि किकमार्फत बराबरी गोल फर्काएकी थिइन्।

Photo Source :- Google

निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउमा भएको थियो। नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बंगलादेशसँग २-१ ले पराजित भएको थियो। समूह चरण अन्तर्गत एक खेलमा जित र अर्को खेलमा हार ब्यहोर्दै नेपाल सेमिफाइनल पुगेको थियो। नेपालले भुटान र बंगलादेशबीचको विजेतासँग अाइतबार उपाधिकालाई प्रतिस्पर्धा गर्नेछ।