गत सिजन स्पेनको क्लब बार्सिलोनाले थुप्रै खेलाडी किनबेच गर्यो । हालसालै उसले एक खेलाडी लोनमा भित्र्याइसकेको छ । आगामी जनवरी र समर सिजनमा बार्सिलोनाले खेलाडी किनबेचमा थप सक्रियता बढाउने चर्चा छ । खबरअनुसार बार्सिलोनाले इंग्ल्यान्ड तथाम्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कस रासफोर्ड लाई भित्र्याउने तयारी गरेको छ । उसले रासफोर्डलाई आफ्नो कट्टर प्रतिद्वन्दी रियल मड्रिडमा जान नदिन आफूले अनुबन्ध गर्ने तयारी गरेको खरब बाहिरिएको छ ।

Image Source :- Google

अहिले रासफोर्डमाथि रियल र इटालीको क्लब एसी मिलानले भित्र्याउन प्रयास गरिरहेका छन् । खबरअनुसार रोसफोर्डमाथि रियलले विशेष चासो देखाएको छ । यो सिजन रासफोर्डले युनाइेटका लागि ५ गोल गरिसकेका छन् । यसअघिका प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा सन्तुष्ट रहेका रासफोर्ड हालका प्रशिक्षक ओले गुन्नार सोलस्करसँग काम गर्न इच्छुक नरहेको चर्चा छ ।

यसर्थ पनि उनले युनाइटेड छाड्ने सम्भावना बढी छ । यतिबेला युनाइटेडमा रासफोर्डको विकल्पमा एलेक्सिस सान्चेज, रोमेलु लुकाकु, एन्थोनी मार्सियाल, जेसी लिंगार्डजस्ता राम्रा खेलाडी पनि छँदैछन् । टोलीमा पर्याप्त विकल्प भएकाले युनाइटेडले पनि रासफोर्डलाई बेच्न सक्ने समाचारमा उल्लेख गरिएको छ । उनले जनवरी विन्डोमै क्लब छाड्न सकनेछन् ।

तर, बार्सिलोनाले भने त्यसअगावै रासफोर्डलाई क्याम्प नोउ उतार्न चाहेको छ । बार्सिलोनाले अहिले क्लबका लुइस स्वारेजको दीर्घकालीन विकल्प खोजिरहेको छ । उसले रासफोर्डलाई स्वारेजको स्थान दिने गरी भित्र्याउन चाहेको छ ।