स्पेनिस क्लब बार्सिलोनाबाट २०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका ब्राजिलियन स्ट्राइकर नेइमार बार्सिलोन र्फकन चाहेको उनका पूर्व ‘टिममेट’ मार्टिन मोन्टोयाले बताएका छन् । सन् २०१३ देखि २०१६ सम्म बार्सिलोनामा रहेका डिफेन्डर मोन्टोयाले पनि नेइमार बार्सिलोना फर्कन चाहेको प्रतिक्रिया दिएका हुन् ।

बार्सिलोनामा रहँदा नै नेइमारले लियोनल मेस्सी र लुइस स्वारेजसँगको तालमेलमा उत्कृष्ट खेल देखाएका थिए । तर, कीर्तिमानी मूल्यमा फ्रान्सतिर लागे ।

photo source :- Google

पीएसजीमा पहिलो सिजन रमाउन नसकेका नेइमार दोस्रो सिजनमा भिज्न थालेको भए पनि उनी बार्सिलोना नै फर्कन चाहेका खबरहरु आइरहेका छन् ।

‘उनी क्याम्प नाउ फर्कन चाहन्छन् । तर अहिले अवस्था सजिलो छैन’ उनले भने, ‘पीएसजी निकै राम्रो टिम हो । उनीहरुले अहिले सजिलै नेइमारलाई कतै पठाउँदैनन् । नेइमारका लागि उनीहरुले ठूलो रकम खर्चेका छन् ।’

नेइमारले पीएसजीका लागि ४४ खेलमा ४० गोल र २२ असिस्ट गरेर आफ्नो क्षमता देखाइसकेका छन् । तर, उनी बार्सिलोनामा जस्तो रमाउन नसकेको मोन्टोयाको दाबी छ । ‘बार्सिलोनामा तीन वर्ष रहँदा नेइमार निकै राम्रा भएका थिए । खेलसँगै अन्य वातावरणमा पनि उनलाई बार्सिलोनामा सहज थियो’ उनले भने ।