विश्व फुटबलको प्रतिष्ठित अवार्ड Ballon d'or उपाधि आज फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिनेछ । यसअघि नै ३० खेलाडीको मनोनयन सार्वजनिक भएपनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका क्रोएसियाका मोड्रीचलाई उपाधिको दावेदार मानिएको छ ।

Image Source :- Fox Sports

विश्व फुटबलको प्रतिष्ठित अवार्ड सन् १९५६ देखि बर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिदै आएको छ । २००७ मा ब्राजिली काकाले यो अवार्ड जितेयता लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबचि प्रतिस्पर्धा हुदै आएको छ । यि दुई खेलाडीले पछिल्लो १० वर्षमा समान ५–५ पटक यो अवार्ड जितेका छन् । अवार्ड समारोह आज डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ । यसपटकदेखि महिलाको अवार्ड समेत वितरण गरिदैछ ।

फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् ।

Image Source :- Google

रियलबाट ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । त्यसपछि इंग्लिस क्लब लिभरपुलबाट सबैभन्दा धेरै ४ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् ।

त्यसपछि बार्सिलोना, एट्लेटिको मड्रिड र पीएसजीबाट समान ३ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । इंग्लिस क्लब चेल्सी, म्यानेचस्टर सिटी, टोटेनहम र इटालियन क्लब युभेन्टसबाट समान दुई मनोनयनमा पर्न सफल हुदा म्यानचेस्टर युनाइटेडबाट एक खेलाडी अन्तिम ३० मा पर्न सफल भएका छन् ।