पल्सर ए-डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी शुरुवात गरेको छ।आज दिउँसो भएको खेलमा मनाङले ब्रीगेड ब्वाइज क्लब(बिबिसी) लाई ३-१ गोलले पराजित गरेको हो।

खेलमा शुरुवाती अग्रता भने बिबिसीले लिएको थियो।२८ औं मिनेटमा रजत तिवारीको गोलबाट अग्रता लिएपछि बाकी समय समालिन नसक्दा हार बोहोर्न पुग्यो।दोस्रो हाफको ४७' औं मिनेटमा मिडफिल्डर हेमन गुरुङले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए।त्यसपछि भने मनाङले पछाडि फर्केर हेर्नू परेन। खेलको ५७औ मिनेटमा अफ्रिकन खेलाडी अफिज अलावालेले गोल गर्दै मनाङलाई अग्रता दिलाए। त्यसको केही समयपछि नै अलावालेली व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरे।

खेल अबधीभर बिबिसिलाई मनाङले दबाबमा राखेको थियो तर ब्रीगेडलेपनी पाएका मौका सदुपयोग गर्न नसक्दा हार स्विकार्न बाध्य भयो।खेलका म्यान अफ दि म्याच भने दुई गोल गरेका मनाङका अफिज अलावाले भए।उनले नगद रु १०००० पाए।