Soccer / nepali football

beingrahul
नेपालको राष्ट्रिय टिमका किरण चेम्जोङ माल्दिभ्समा ‘वर्षको उत्कृष्ट गोलकिपर’ को अवार्ड
नेपालको राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्समा ‘वर्षको उत्कृष्ट गोलकिपर’ घोषित भएका छन् ।‘माल्दिभ्स फुटबल डट कम’ र ‘फुटबल एसोसियसन अफ् माल्दिभ्स’ ले संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा राखेका थिए । Image Source जसमा किरणले क्लबलाई लिग जिताउन विशेष योगदान दिएको भन्दै उनी उत्कृष्ट गोलरक्षक घोषित भएका हुन् । माल्दिभ्सको क्लब ट्रस्ट एण्ड केयर ( टिसी ) स्पोर्टस्बाट व्यावसायिक फुटबल खेलिरहेका उनले टोलीलाई लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि उनलाई उत्कृष्ट गोलरक्षकको अवार्ड दिइयो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएका थिए । उनले जम्मा ५ खेलमा मात्र गोल खाए । Image Source नेपाली फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरणले गएको सिजन माल्दिभ्सको टिसी स्पोर्टस्बाट धिवेही प्रिमियर लिग खेलेका थिए । जसमा उनले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई लिग जिताउन योगदान दिए । Image Source किरण हाल नेपालमा भएकाले उनको स्थानमा टिसी स्पोर्टस्का मोहमेद निजामले त्यो अवार्ड थापेका थिए ।
0.00
6
4