Soccer

New and Noteworthy

beingrahul
ओले गुनर सोल्सजरको पहिलो डेब्यु खेलमै म्यानचेस्टर युनाइटेडको ५–१ को फराकिलो जित
प्रशिक्षक ओले गुनर सोल्सजरको पहिलो डेब्यु खेलमै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । सोल्सायरले सम्हालेको पहिलो खेलमा युनाइटेडले कार्डिफ सिटीमाथि ५–१ को फराकिलो जित निकालेको हो । यस सिजन खराब प्रदर्शन कायम राखेपछि युनाइटेडले जोसे मौरिन्होलाई बर्खास्त गर्दै सोल्सायरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो र युनाइटेडमा सोल्सायरले सुखद सुरुवात गरेको छ । Image Source कार्डिफको मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले मार्कुुस रासफोर्डको गोलबाट खेलका तेस्रो मिनेटमा अग्रता बनाएको थियो । २९औं मिनेटमा एन्डर हरेराले गोल गरेपछि युनाइटेडले २–० को अग्रता बनाएको थियो । खेलको ३८औं मिनेटमा कार्डिफका भिक्टरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । तर, त्यसपछि भने घरेलु टोली कार्डिफले युनाइटेडलाई रोक्न सकेन । ४१औं मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाटेडले पहिलो हाफमा ३–१ को अग्रता बनाउन सफल भएको थियो । ५७औं मिनेटमा जेसे लिङ्गार्डले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेडले खेलमा ४–१ के आरामदायी अग्रता बनायो । इन्ज्युरी समयमा लिङ्गार्डले टिमका लागि पाँचौ तथा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो । युनाइटेडको फराकिलो जितमा जेसे लिङ्गार्डले २ तथा मार्कुस रासफोर्ड, एन्डर हरेरा र एन्थोनी मार्सियलले समान १ गोल गरे । कार्डिफका भिक्टर कामासाराले एक गोल फर्काए । जितपछि यृुनाइटेड १८ खेलबाट २९ अंक जोडेर छैटौ स्थानमा छ । पराजित कार्डिफ १४ अंकसहित १७औं स्थानमा छ ।
0.00
5
0