Soccer / news

lama10
वेन रुनी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै
Source बेलायतको चर्चित फुटबल खेलाडी वेन रुनीले गत वर्षको अगस्टमा सन्यास घोषणा गरेका थिए। लगातार राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन चुके पछि उहाले सन् २०१८ विश्वकप अघि नै सन्यासको घोषणा गर्नु भएको । नोभेम्बर ४ मा भएको प्रेस कन्फेरेंसमा, रुनीले फेरी १ पटक बेलायतको जर्सी लगाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने निर्णय गर्नु भएको थियो । बेलायतको पूर्व कप्तान रुनी आफ्नो आन्तिम खेल खेल्नका लागि गत सोमबार देखि नै बेलायतको फुटबल टोलीसँग अभ्यासरत छन् । Source आज राती वेम्ब्लेमा हुने अमेरिका बिरुद्दको खेल वेन रुनीको जीवनको अन्तर्राष्ट्रिय अन्तिम खेल हुनेछ । आजको खेलमा वेन रुनी आफ्नो सदावहार १० नम्बरको जर्सीमा देखा पर्ने छन् यधापी वहालाई बिस्थापित खेलाडीको रुपमा मैदानमा प्रवेस गराउने निर्णया बेलायतको प्रशिक्षक ग्यारेथ साउथगेटले गर्नु भएको छ। यो खेल वेन रुनिको जीवनको १२० औ अन्तर्राष्ट्रिय खेल हुनेछ । यो भन्दा अगाडी वहाले बेलायतको लागि ११९ खेलबाट ५३ गॉल गरी सक्नु भएको छ। source २०१६ मा वेन रुनीले सान मारिनो विरुद्ध आफ्नो ४९ औं अन्तर्राष्ट्रिय गोल गर बनाए र सर बबी चार्ल्टनको रेकर्डलाई बराबरी गरेका थिए त्यसपछि त्यसै वर्ष, उनले स्विट्जरल्याण्डको बिरुद्धको खेलमा गोल गर्दै बेलायतको लागि सर्भाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका थिए । उनले आफ्नो ४९ औं र 50 औं गोल दुवै पेनाल्टी बाट गरेका थिए। यसै बर्ष प्रिमिएर लिग क्लब एभर्टन छाडेर अमेरिकाको डि सी युनाइटेड पुगेका वेन रुनीले ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडलाई धेरै प्रतियोगिताहरु जित्न मद्दत गरे पनि बेलायत बाट भने कुनै ठुलो अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सक्नु भएन । आफ्नोअन्तिम खेलको बारेमा प्रतिक्रिया दिदै रुनीले भन्नु भयो: आफ्नो घरेलु मैदान वेम्ब्लिमा फर्कन पाउनु र बिदाई खेल खेल्न पाउनु मेरो लागि सौभाग्य र गरब विषय हुनेछ मेरो लागि ऊक्त पल एकदमै विशेस हुनेछ । वेन रुनीले इंगलैंडका लागि गरेका पहिलो ५० गॉल को झलकहरु
0.00
6
1