Soccer / ousmane dembélé

beingrahul
लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाको जित
स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानियोलको घरेलु मैदानमा कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल थपे । बार्सिलोनाले खेलको १७औं मिनेटमा मेस्सीको गोलबाट खेलमा अग्रता बनाएको थियो । २६औं मिनेटमा डेम्बेलेले मेस्सीको पासलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई खेलमा २–० को अग्रता दिलाए । त्यस्तै, खेलको ४५औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफसम्म बार्सिलोनालाई ३-० गोलको अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा मेस्सीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । लियोनेल मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए । जितसँगै बार्सिलोना १५ खेलबाट ३१ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्पान्योल २१ अंकसहित नवौं स्थानमा छ ।
0.00
5
0

More posts are coming soon. Write your own!