Soccer / psg

beingrahul
बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास
बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास गर्ने भएको छ । पछिल्लो समय राबीओटको क्लब पेरिस सेन्ट जर्मेना र बार्सिलोनाको यस विषयमा राम्रो सम्बन्ध बन्न सकेको छैन । फ्रान्सेली संचारमाध्यमहरुले बार्सिलोनाले अनाधिकृत रुपमा बार्सिलोनाले पीएसजीका राबीओटलाई क्लबमा ल्याउन व्यक्तिगत रुपमा प्रयास थालेको भनेपछि क्याटलानक्लबले विज्ञप्ति जारी गरेर नै त्यसको खण्डन गरेको छ । बार्सिलोनाले विज्ञप्तिमा राबीओटलाई क्लबमा ल्याउन दुई पटक प्रयास भएको र दुवै पटक क्लबले पीएसजीको सम्बन्धित पक्षसँग औपचारिक छलफल नै गरेको बताएको छ । बार्सिलोनाले पछिल्लो अगस्टको ट्रान्सफर विन्डोमा पनि राबीओटलाई क्लबमा ल्याउने प्रयास गरेको थियो । तर पीएसजीले उक्त प्रस्ताव अस्विकार गरेको थियो । ब्राजिलियन फरवार्ड नेयमार पीएसजी गएपछि दुई क्लबबीचको सम्बन्ध सुध्रिन सकेको छैन । बार्सिलोनाले यसअघि अर्का मिडफिल्डर मार्को भेर्राट्टीलाई पनि क्लबमा ल्याउन खोज्दा पीएसजीले नकारेको थियो । राकीटिचको पनि उमेर ढल्कँदै गएको र बार्सिलोनाको बेन्च खासै मजबुत नहुनुले पनि विश्व स्तरीय खेलाडी आवश्यक परेको छ । बार्सिलोनाले जनवरी विन्डोमा फेरी एकपटक राबीओटलाई ल्याउने प्रयास गर्नेछ । पीएसजीमा खासै मौका नपाएका कारण पनि राबीओटले बार्सिलोना आउने चाहना प्रस्तुत गरेको बुझिएको छ ।
0.00
9
0

More posts are coming soon. Write your own!