Soccer / romelu lukaku

beingrahul
म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश
जोसे मौरिन्होलाई बर्खास्त गर्दै सोल्सायरलाई जिम्मेवारी दिएपछि युनाइटेडले लगातार जित निकालेको हो । जितसंगै केयर टेकर प्रशिक्षक आले गुनर सोल्सायरको नेतृत्वमा युनाइटेडले लगातार पाँच खेलमा जित निकालेको छ । म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा शनिबार भएको एफए कप तेस्रो चरणको खेलमा रिडीङलाई २ - ० ले हराएर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो  । घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा माटाले खेलको २२ औं मिनेटमा नैै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको युनाइटेडले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेको थियो । यसपटक भने लुकाकुले गोल गर्दै युनाइटेडलाई २–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा दोब्बर अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा भने गोल गर्न सकेन । सुरुवाती समयदेखि नै दबाबमा खेलेको रिडिङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।
0.00
6
0