Soccer / sports

beingrahul
बार्सिलोनाको शानदार जितमा मेस्सीको ह्याट्रिक
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि सानदार जित निकालेको हो । बार्सिलोनाले आइतबार राति लेभान्टेलाई ५ - ० गोल अन्तरले पराजित गरेको हो । Image Source इरिक काबाकाले रातो कार्ड पाउदा १० खेलाडीमा समेटिएको लेभान्टेविरुद्ध बार्सिलोनाले उसैको मैदानमा ३ अंक जोडेको हो । बार्सिलोनालाई जित दिलाउन मेस्सीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान १ गोल गरे । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक हो । मेस्सी यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो स्थानमा छ । Image Source लेभान्टेको मैदानमा बार्सिलोनाले खेलको ३५औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि बढेको थियो । Image Source दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्यो । खेलको ४७ औं मिनेटमा मेस्सीले व्यतिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा मेस्सीले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बार्सिलोना ४ - ० ले अघि रह्यो । ७६औं मिनेटमा लेभान्टेका इरिक काबाकाले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए । जितपछि बार्सिलोनाले दोस्रो स्थानको सेभिल्ला र एट्लेटिको मड्रिडसँग स्पष्ट ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ । सेभिल्ला र एट्लेटिकोको समान खेलबाटै ३१ अंक रहँदा रियल मड्रिड २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लेभोन्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।
0.00
7
0