Soccer / uefa champions league

beingrahul
च्याम्पियन्स लिग : अन्तिम १६ को लागि खेल तालिका सार्वजनिक
सोमबार यूईएफएको हेडक्वार्टर नियोन, स्वीट्जरल्यान्डमा च्याम्पियन्स लिगको अन्तिम १६ को लागि खेल तालिका सार्वजनिक भएको छ । फुटबलको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी इंग्ल्यान्ड र जर्मन क्लबका ३–३ टोली यसपल्ट युरोपियन च्याम्पियन्स लिगको अन्तिम–१६ मा प्रतिस्पर्धा गर्दैछन् । Image Source अन्तिम–१६ को ‘ड्र’ मा पाँचपल्टका विजेता लिभरपुल र बायर्न म्युनिख आमने सामने हुँदैछन् भने अर्को इङ्लिस क्लबम्यानचेस्टर सिटीले साल्के र टोटेनहमले बुन्डेसलिगाको शीर्ष टोली बोरुसिया डर्टमन्डसँग खेल्नेछन् ।स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोनलाई प्रतिद्वन्दी पाउँदा साबिकको विजेता रियल मड्रिडले डच क्लब आयाक्ससंग खेल्ने छ । इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्टोसंग खेल्नेछ । Image Source यसपटक अन्तिम १६ चरणमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन तथा ईटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग खेललाई निकै महत्त्वको साथ् हेरिएको छ । Image Source च्याम्पियन्स लिगको अन्तिम १६ को खेलहरु होम एण्ड अवेको आधारमा हुनेछ । अन्तिम १६ को पहिलो लेग फेब्रुवरी १२ र १३ मा हुनेछ । यस्तै दोस्रो लेग १९ र २० फेब्रुवरीमा हुनेछ । अन्तिम आठको खेल मार्चमा हुनेछ । खेलहरु: Image Source
0.00
7
3

hoster324updated
Juventus 2-0 Valencia cf
0.00
0
0